नियम १५
बन संवर्दन प्रणाली अवलम्बन गर्नु पर्ने
(१) यस नियमावली बमोजिम राष्ट्रिय वनको व्यवस्थापन गर्दा वनको अवस्था अनुसार वनको (दिगो व्यवस्थापनको लागि स्थानीय समुदायको परम्परागत: ज्ञान, प्रथाजनित अभ्यास, सामुदायिक सहभागिता सहितको निर्णय र सुशासनमा आधारित रही उपयुक्त वन संवर्द्धन प्रणाली (सिल्भिकल्चर सिस्टम) अपनाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम वन संवर्द्धन प्रणाली अपनाउँदा प्राकृतिक वन, वातावरण तथा जैविक विविधतालाई समेत मध्यनजर गरी स्थानीय आवश्यकता अनुसार वन व्यवस्थापनको उद्देश्य, वनको प्रकार तथा प्रजाति, वनको उमेर, भिरालोपना, मोहडा, वनक्षेत्रको पुनरोत्पादनको सुनिश्चतता र गुणस्तर (साइट क्वालिटी) जस्ता विषयलाई आधार मान्नु पर्नेछ।